Logo
|
Friday 19th April 2024
Logo

epaper

श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदल बुझायो प्रतिवेदन, अस्पताल बनाउन २० अर्ब लागत लाग्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ ।

कार्यदलले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको सम्भाव्यता अध्ययन गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई ३५ पेज लामो प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा श्रमिक अस्पतालको आवश्यकता, स्थापनाका उद्देश्य, औचित्य, नेपालमा अस्पताल निर्माणमा भएका प्रयास, कार्यादेश, स्रोत व्यवस्थापन, सम्भाव्यता र चुनौतीहरु उल्लेख गरिएका छन् । साथै कार्यदलले अस्पताल निमार्णका लागि विराटनगर, बारा र भैरहवामा स्थलगत छलफल, अध्ययन र अनुगमन समेत गरेको छ ।

कार्यदलका अनुसार अस्पताल निमार्णका लागि करिब २० अर्ब रुपैयाँ लागत लाग्ने छ । ५ सय देखि १ हजार शय्या भएको अस्तपाल निमार्णका लागि १० बिगाह जग्गा आवश्यक पर्ने भए पनि दीर्घकालीनसम्मको लागि २५ बिगाहसम्म जग्गा उपयुक्त हुने कार्यदलको ठहर छ । तर, जग्गाकै कारण निमार्ण कार्य रोक्न नहुने र अहिलेलाई ५ बिगाह जग्गा उपलब्ध भएको ठाउँमा पनि अस्पताल निमार्ण कार्य सुरु गर्नु पर्ने कार्यदलले सुझावमा पेस गरेको छ ।

नेपाल सरकारले श्रम अस्पताल निमार्णका लागि दिएको सैद्धान्तिक सहमती तथा कार्यदलले सरकारवाला निकायसँग पटक(पटक गरेको छलफलले अस्पतालको आवश्यकता पुष्टि भएकाले यथाशीघ्र अस्पताल निमार्णकार्य अगाडि बढाउनु उपयुक्त हुने कार्यदलका संयोजक एंव श्रम मन्त्रालयका सहसचिव दीपक काफ्लेले बताउनु भएको छ ।

त्यस्तै कार्यदलले तत्काल श्रमिक अस्पताल निर्माण तथा सञ्चालन गठन आदेश जारी गरी जग्गा प्राप्तिको प्रशासनिक कार्य टुंग्याएर अस्पताल विकासका आवश्यक कार्य अघि बढाउन मन्त्रालय अन्तर्गत श्रमिक अस्पताल विकास परियोजना कार्यालय स्थापना गरी कार्यसम्पादन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

कार्यदलले श्रमिक अस्पताल स्थापनका लागि कुन स्थान उपयुक्त हुन्छ भन्नेबारेमा खोजी र अस्पताल सञ्चालन विधिका बारेमा विभिन्न निकायको परामर्श र सुझावलाई प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्