Logo
|
Friday 19th April 2024
Logo

epaper

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सुर्य संग्रौला नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सुर्य संग्रौला नियुक्त हुनुभएको छ । उहाँलाई प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहनुभएका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले नियुक्त गर्नुभएको हो ।

प्रतिष्ठानका तत्कालिन रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले विवाद आएपछि राजनीनामा दिनुभएको थियो । उहाँको राजीनामा गत भदौ २४ गते स्वीकृत भएको थियो । त्यसयता रजिष्ट्रार पद रिक्त थियो।

यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा जगत प्रसाद नियुक्त हुनुभएको छ । यसअघि उहाँ अस्पतालका सहायक निर्देशकमा कार्यरत हुनुहुन्छ ।

यस्तै, प्रतिष्ठान सिनेट सदस्यमा डा ज्ञानेन्द्र मल्ल र डा स्मृती कार्की पनि मनोनित भएका छन्।

प्रतिक्रिया दिनुहोस्