Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

अभिनेत्री नीता ढुंगाना अस्पतालबाट डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । । अभिनेत्री नीता ढुंगाना मेडीसिटि अस्पतालबाट डिस्चार्ज हुुनुभएको छ । ‘एपेन्डीसाइट’ को सफल शल्यक्रियापश्चात् नीता मंगलबार अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

नीताका श्रीमान ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सामाजिक सञ्जाल मार्फत डाक्टर र अस्पताललाई धन्यवाद दिदैं नीता डिस्चार्ज भएको जानकारी दिनुभएको हो ।

आइतबार अचानक बिरामी परेर अस्पताल पुगेकी नितालाई ‘एपेन्डीसाइट’ भएको पुष्टि भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्