Logo
|
Tuesday 16th April 2024
Logo

epaper

कुन अस्पताललाई कति सेट दिइयो हेमोडायलाईसिस मेसिन ? पालो पर्खेर उपचार गर्नुपर्ने बाध्यता कम होला त



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले मुलुकका २२ वटा अस्पताललाई एक सय ३३ सेट नयाँ हेमोडायलाइसिस मेसिन वितरण गरेको छ ।

डायलाईसिस मेशिनको अभावमा बिरामीले पालो पर्खेर उपचार गर्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी स्वास्थ्य सेवा विभागले हेमोडायलाईसिस मेसिन वितरण गरेको हो ।


स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले सातवटै प्रदेशका अस्पतालमा मिर्गौला बिरामीको उपचारकालागि थप हेमोडाईलाईसिस मेसिन वितरण गरिएको जानकारी दिनुभएको छ । हाल मुलुकभर ६ हजार भन्दा बढी मिर्गौलाका बिरामी डायलाईसिस गर्ने अवस्थामा रहेको सरकारी तथ्यांक छ ।

विभिन्न अस्पतालमा वितरण गरिएको हेमोडायलाईसिस मेशिन

१ कोशी अस्पताल, बिराटनगर, मोरङ्ग ६ सेट
२ ईलाम अस्पताल, ईलाम २ सेट
३ बि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान १० सेट
४ जनकपुर प्रादेशिक अस्पताल, जनकपुर ३ सेट
५ गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, राजविराज,
सप्तरी ५ सेट
६ नारायणी अस्पताल, वीरगञ्ज, पर्सा ५ सेट
७. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल,
काठमाण्डौ १० सेट
८. शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र,
काठमाण्डौं ३ सेट
९ बि.पि.कोईराला मेमोरियल क्यान्सर अस्पताल,
चितवन ४ सेट
१० भरतपु्र अस्पताल, भरतपुर, चितवन ५ सेट
११ त्रि.वि., शिक्षण अस्पताल, महाराजगञ्ज ४ सेट
१२ नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज ४ सेट
१३ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर २० सेट
१४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा ५ सेट
१५ भेरी अस्पताल, नेपालगञ्ज ६ सेट
१६ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ्ग १० सेट
१७ राप्ती प्रादेशिक अस्पताल, दाङ्ग ८ सेट
१८ कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत ४ सेट
१९ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ६ सेट
२० सेती प्रादेशिक अस्पताल, कैलाली, धनगढी ४ सेट
२१ डडेल्धुरा अस्पताल, डडेल्धुरा ५ सेट
२२ प्राथमिक अस्पताल, वालिङ्ग, स्याङ्गजा ४ सेट

बरिष्ठ मिर्गौला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेका अनुसार मिर्गौला फेल भएकाहरुमा डायलाईसिसको पहुँचमा भए बाँच्ने नभए ज्यान गुमाउने अवस्था छ । धेरै मिर्गौला डायलाइसिसको पहुँचमा छैनन् । कतिपयले उपचार नपाएर अकालमा ज्यान गुमाइरहेका छन ।

सरकारी यो प्रयासले केही हदसम्म भएपनि मिर्गौला फेल भएका व्यक्तिहरुमा राहत मिलेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्