Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

राजधानीबाहिर दुई अर्ब १७ करोड लगानीमा दुई इनर्जी ड्रिङ्स कम्पनि



जनस्वास्थ्य सरोकार, काठमाडौं । धादिङको धुनीवेशीमा शक्तिबद्र्धक मानिने इनर्जी ड्रिक्सको उत्पादन गर्न उद्योगी व्यवसायिहरु अग्रसर भएका छन् । स्वदेशमै इनर्जी ड्रिंक्सउत्पादनलगर्ने लक्ष्य सहित दुई उद्योगहरु दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७८ | ०७९ मा दुई उद्योगले इनर्जी ड्रिक्समा २ अर्ब १७ करोड भन्दा बढी लगानी गरेका छन् ।

उद्योग विभागका अनुसार, धादिङ र मोरङ जिल्लामा दुई उद्योगले इनर्जी ड्रिक्स उत्पादन गर्न प्रतिबद्धता जनाउँदै दर्ता भएका हुन् ।

धादिङ, धुनिवेसीस्थित सरस वेभरेज प्रा.लि.ले २ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको हो । यस उद्योगबाट वार्षिक ३० हजार किलो लिटर ईनर्जी ड्रिंक्स, १० हजार किलोलिटर जुस, २० हजार किलोलिटर कार्बोनेटेड सफ्ट ड्रिंक्स उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै मोरङ जिल्लाको बुढीगंगा—३ स्थित सूर्य मारुती वेभरेज प्रालिले १७ करोड लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस उद्योगले पनि इनर्जी ड्रिक्स, जुस र कार्वोनेटेड ड्रिक्स उत्पादन गर्ने लक्ष्य राखेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्