
जनस्वास्थ्य सरोकार, भोजपुर । भोजपुरमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जनामा गरिएको एनटिजेन परिक्षामा १६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । जिल्लामा हालसम्मको परिक्षणमा १६ जना कोरोना संक्रमित देखिएको हो ।
संक्रमित हुनेमा टेम्केमैयुङ गाउँपालिकाका १४ र रामप्रसादराई गाउँपालिकाका दुई जना रहेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले बताउनुभयो । संक्रमितहरु हाल होम आइसलेसनमा रहेको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो ।
दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको भोजपुरमा हालसम्म एक लाख ४ हजार ९६० जनाले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाई सकेका छन् भने एक लाख ११ हजार १३३ जनाले पहिलो खोप, ८८ हजार ४३ जनाले दोस्रो खोप लगाएका लगाएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले बताउनुभयो ।
संक्रमण देखिएसँगै स्थानीय तहहरूलाई परीक्षणको दायरा बढाउन अनुरोध गरिएको प्रमुख तिवारीले बताउनुभयो । संक्रम देखिएकाहरूलाई अहिले होम आइसोलेसनमा राखिएको समस्या परेमा तत्काल कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको प्रमुख तिवारीको भनाइ छ । सङ्क्रमणलाई लक्षित गरेर अहिले पनि खोप अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
