Logo
|
Saturday 20th April 2024
Logo

epaper

अनिशा विष्टलाई हस्पिटल म्यानेजमेन्ट एण्ड इन्टरनेशनल ग्लोबल लिडरसिप अवार्ड 2022 : अस्पताल व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याएको मूल्यांकन



विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्ट अवार्डपछि खुशी मुद्रामा

जनस्वास्थ्य सरोकार, विराटगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टलाई अस्पताल व्यवस्थापनमा उत्कृष्ट योगदान गरेको मूल्याङ्कन गर्दै युरोपियन इन्टरनेशनल युनिभर्सिटी, फ्रान्स प्यारिसबाट हस्पिटल म्यानेजमेन्ट एण्ड इन्टरनेशनल ग्लोबल लिडरसिप अवार्ड २०२२ प्रदान गरिएको छ ।

अवार्ड ग्रहण गर्दै अनिशा

मलेसियामा आयोजित कार्यक्रममा अनिशालाई प्रोफेशनल डक्टरल सर्टिफिकेट (professional Doctoral certificate (PHD) in Hospital management and International Global leadership award 2022) उपाधि प्रदान गरिएको हो ।


विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलकी कार्यकारी निर्देशक अनिशाले लामो समयदेखि अस्पताल व्यवस्थापनमा योगदान गर्दै आउनु भएको छ । केही समयअघि युरोपको प्रतिष्ठित युरोपियन इन्टरनेशनलयुनिभर्सिटीबाट ग्लोबल लिडरसिप एण्ड म्यानेज्मेन्टमा प्रोफेस्नल डक्टरल उपाधिका लागि अनिशा नेपालबाट छनौट हुनुभएको थियो ।

अवार्ड ग्रहणपछि सामुहिक तस्विर खिच्दै

यसअघि ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. (रामशरण) भण्डारी, सिंगापुर विभ्रेजेज नेपाल प्रा.लि.का फाउन्डर एण्ड म्यानेजिङ डाइरेक्टर आशिष शर्मा, मोहित एग्रो इन्डस्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक सुबोधकुमार गुप्ता र उद्योग बाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले सो उपाधि प्राप्त गर्नुभएको थियो ।


युरोपियन इन्टरनेशनल युनिभर्सिटी जसको मुख्य कलेज फ्रान्सको प्यारिसमा छ । यो उपाधि हरेक वर्ष विभिन्न देशका उत्कृष्ठ योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिन्छ ।

परिवारमा रमाउँदै अनिशा

प्रतिक्रिया दिनुहोस्