Logo
|
Wednesday 24th April 2024
Logo

epaper

भदौ १२ देखि सत्याग्रह थाल्ने डा. केसीको चेतावनी 



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिनुभएको छ । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताउनुभएको हो ।

डा केसीले आफूहरूसँग पटक पटक गरेको सम्झौतालाई सरकारले पूर्ण रूपमा कार्यान्वयन नगरेको भन्दै भदौ १२ देखि २० औं पटक सत्याग्रह शुरु गर्ने चेतावनी दिनुभएको हो ।

डा केसीले ६ बुँदे माग राखेका छन् । पछिल्लो समय मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त बनाइएको डा केसीको आरोप छ । सरकारी स्वास्थ्य संस्थाहरूका वरिपरि च्याउझैँ खुलेका तर मापदण्ड नपुर्‍याई जथाभाबी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरू बन्द गरेर दोषीहरूलाई दण्डित गर्न उनले माग राखेका छन् ।

प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्न । भागबन्डाका आधारमा अनियमिततापूर्वक हालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्तिहरू तत्काल सच्याउन र उपकुलपतिलगायतका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरी कारबाही गर्नुपर्ने उनको माग छ ।

चिकित्सा शिक्षा ऐनबमोजिम विसं २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरूलाई गैरनाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयनको माग उनले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्