एकैदिन १ हजार ९० जनामा कोरोना संक्रमण , २ जनाको मृत्यु

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्या एक हजार नाघेको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये ५ हजार ५९३ जना होम आइसोलेसनमा रहेका छन् भने २१३ जना संस्थागत आइसोलेसन र ६१ जना आईसीयूमा छन् ।
यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ४० जनामा कोरोना संक्रमित भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।