जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही हप्तादेखि कोरोना संक्रमण दर वृद्धि भएकोले थप सतर्कता तथा सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले हाल देशमा संक्रमण निरन्तर बढिरहेकोले घर बाहिर निस्कँदा अनिवार्य र सही तरिकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।
सह–प्रवक्ता अधिकारीले साउन १ गते ४ प्रतिशत रहेको संक्रमण दर बुधबार ३ गुणाले वृद्धि भई १३ प्रतिशत संक्रमित थपिएको बताउनुभयो ।
यस्तै हाल कोभिड विरुद्धको खोप नलाएको र खोपको मात्रा पुरा नगरेकाहरूमा संक्रमण तथा सङ्क्रमणपछि मृत्यु दर बढी पाइएकोले खोप लगाउन तथा खोप मात्रा पुरा गर्न समेत सह–प्रवक्ता अधिकारीले आग्रह गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
