
जनस्वास्थ्य सरोकार, सिन्धुली । जिल्लाका केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा बेहोस हुने समस्या देखिएको छ ।
सुनकोशी गाउँपालिका–७ स्थित गणेश माध्यमिक विद्यालय र हरिहरपुरगढी गाउँपालिका–२ स्थित जनप्रभात निम्न माध्यमिक विद्यालयका विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ ।
एकै पटकमा दर्जनौं विधार्थीमा बेहोस हुने समस्या देखिएको विद्यालय प्रशासनले जनाएको छ । उनीहरूमा टाउको दुख्ने, हातगोडा बाउँडिने, शरीर आलस्य हुने र बेहोस हुने गरेको गणेश माविका प्रधानाध्यापक माधव भण्डारीले बताउनुभयो ।
बेहोस भएका विद्यार्थीमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीको स्वास्थ्यमा सुधार भएको छ । छात्रमा भन्द छात्रामा यस्तो समस्या बढी देखिएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यार्थीमा मास हिस्टेरियाको समस्या देखिएको जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरूले बताएका छन् ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
