
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमको समस्याबारे पहिचान गर्नका लागि स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, बीमा बोर्ड सदस्य डा सुरेश तिवारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सामाजिक सुरक्षा हेर्ने सहसचिव सदस्य तथा औषधि व्यवस्था विभागका प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल सदस्य सचिव रहेको कार्यदल गठन गरिएको छ ।
कार्यदलले तीन हप्ताभित्रमा बीमा कार्यक्रमका समस्या पहिचान गरी समाधानका उपायसहित प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
