चिकित्सक संघले थाल्याे निर्वाचन तयारी

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघले निर्वाचन तयारी थालेको छ। संघको आगामी माघमा हुने निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत तोकिएको छ।
संघको काउन्सिलको शनिबार बसेको बैठकले डा धनबहादुर रानामगरलाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो। निर्वाचनको मिति पनि प्रमुख निर्वाचन अधिकृतले पछि सार्वजनिक गर्ने बताइएको छ।
निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतले अरु दुई जना सदस्य सिफारिस गर्ने छन्। निर्वाचनपछि फागुनको तेस्रो साता विराटनगरमा एनएमए सम्मेलन हुँदैछ। यस्तो सम्मेलन हरेक तीन वर्षमा हुने गर्दछ।