आयुर्वेद चिकित्सकहरुको लाइसेन्स परीक्षा भदौ अन्तिममा

जनस्वास्थ्य सरोकार, काठमाडौं । आयुर्वेद चिकित्सकहरुको स्थायी नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी ३१ भदौमा हुने भएको छ।
आयुर्वेद स्नातक (बीएएमएस) तह उत्तीर्ण गरेकाहरुले यो परीक्षामा सहभागी हुन पाउँछन्।
आयुर्वेद चिकित्सा परिषद् नेपालले परीक्षामा सहभागी हुन चाहनेले आगामी ५ भदौ देखि २० भदौसम्म नियमित र २६ भदौसम्म बिलम्ब दस्तुर तिरि फारम भर्न सकिने जनाएको छ।