Logo
|
Thursday 25th April 2024
Logo

epaper

बर्दियामा कम उमेरमा सुत्केरी हुनेको सङ्ख्या १ हजार बढी



जनस्वास्थ्य सरोकार, बर्दिया । स्वास्थ्यका दृष्टिकोणले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनु शारीरिक रुपमा अपरिपक्व नै मानिन्छ । २० वर्षभन्दा कम उमेरमा विवाह नै गर्न नपाउने व्यवस्था रहेता पनि बर्दियामा कम उमेरमा सुत्केरी हुन आउनेको सङ्ख्या असामान्य रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको  गत आव २०७८/०७९ को तथ्याङ्कलाई हेर्दा २० वर्षभन्दा कम उमेरका  गर्भवती हुने महिलाको सङ्ख्या १ हजार ७  छ । स्वास्थ्य संस्थासम्म पहुँच नै नभएका र पहुँच भएर पनि स्वास्थ्य संस्थामा नआउने, घरमै सुत्केरी हुनेको सङ्ख्या खोजी गर्ने हो भने यो अनुपात अझै बढ्ने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जन स्वास्थ्य निरीक्षक गोपाल चौधरीले बताउनु भयो ।

बालविवाहमाथि कानूनले प्रतिबन्ध लगाए पनि कम उमेरमै विवाह गर्नेको सङ्ख्या घट्न सकेको छैन । बालविवाहका नकारात्मक असरबारे चेतना फैलाउने कार्यमा सबै पक्षबाट सक्रियता बढाउनुपर्ने आवश्यकता रहेको सरोकारवालाहरू बताउँछन् ।

संस्थामा उपचारका लागी आएपछि उपचार गर्नुपर्ने हाम्रो कर्तव्य हो यदि सेवा दिएन भने झन् जोखिम बढ्न सक्ने बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुवास पाण्डेले बताउनुभयाे । 

कम उमेरमा गर्भवती हुँदा आमा र गर्भमा रहेको शिशु दुवैलाई जोखिम हुन्छ । यसरी कम  उमेरमा गर्भवती हुनेहरूको सङ्ख्या बढेको देखिनु चिन्ताको विषय हो ।  

प्रतिक्रिया दिनुहोस्