
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कम्युनिटी मेडिसिनमा एमडी गरेका विशेषज्ञ चिकित्सकहरुको संस्था नेप्लीज सोसाइटी अफ कम्युनिटी मेडिसिन (नेस्कम) को अध्यक्षमा डा प्रनीलमान सिंह निर्वाचित हुनुभएको छ ।
२८ देखि ३० साउनसम्म चलेको नेस्कमको सम्मेलनले डा सिंहलाई अध्यक्षमा निर्वाचित गरेको हो। डा सिंह त्रिभुवन विश्वविद्यालय त्रिवि चिकित्साशासत्र अध्ययन संस्थानका एशोसिएट प्रोफेसर हुनुहुन्छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एडिसनल प्रोफेसर डा दिपक यादव चयन हुनुभएको छ । उपाध्यक्षमा विराट मेडिकल कलेजका डा. सुर्य पराजुली, सचिवमा डा. प्रज्जवल प्याकुरेल, सहसचिवमा डा. निश्चल ढकाल र कोषाध्यक्षमा डा. रजनी शाक्य चयन हुनुभएको छ ।
यस्तै, नेस्कमका कार्यसमिति सदस्यहरुमा डा. दिपेश ताम्राकार, डा. समता नेपाल, डा. मेरिना श्रेष्ठ, डा. समिता अधिकारी, डा. जीवन थापा, डा. लिलाबहादुर बस्नेत चयन भएका छन्। तीन दिनसम्म चलेको उक्त सम्मेलनमा देशभरका मेडिकल कलेजमा कार्यरत चिकित्सक, फ्याकल्टी, विद्यार्थी, विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुहरु, अनुसन्धानकर्ता, विश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरु सहभागीता रहेको थियो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
