
जनस्वास्थ्य सरोकार, विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नवसेर बाहिर क्लिनिक सञ्चालन गर्ने चिकित्सकहरूलाई कारबाही हुने बताउनुभएको छ ।
विराटनगरस्थित कोशी अस्पतालमा नवनिर्मित ३६ शय्याको बच्चा वार्ड, दुई वटा शल्यक्रिया कक्ष सहित ४० शय्याको शल्यक्रिया वार्डको आज उद्घाटन गर्दै उहाँले सरकारले तोकेको समयसम्म चिकित्सकले पुरा समयमा अस्पतालमा बसी बिरामी उपचार गर्नुपर्नेमा जोड दिनु भयो । .
मन्त्री खापुङले कोशी सहित मुलुकका सरकारी अस्पतालमा चिकित्सक सहित स्वास्थ्यकर्मी अभावलाई समाधान गर्ने सम्बन्धमा मन्त्रालयमा छलफल गरि रहको बताउनुभयो । आवश्यक ठाउँहरूमा दरबन्दी सिर्जना गरि पदपूर्तिको व्यवस्था गर्ने उहाँले जानकारी दिनु भयो ।
उहाँले निजी अस्पतालले स्वास्थ्य बिमा बन्द गर्नाले सरकारी अस्पतालमा बिरामीहरूको चाप बढेको बताउँदै सरकारले स्वास्थ्य बिमालाई थप व्यवस्थित बनाउने बताउनुभयो ।
उहाँले स्वास्थ्य बिमालाई आम जनतासमक्ष व्यवस्थित रुपमा पुर्याउन एउटा कार्यदल निर्माण गरिएको जानकारी दिनु भयो ।
मन्त्री खापुङले स्वास्थ्य बिमा सम्बन्धमा छुट्टै ऐन रहेको छ भन्दै मोरङ बाहेक अन्य क्षेत्रमा निजी अस्पतालले बिमा लागु गरेको र यस क्षेत्रमा निजी अस्पताले बिमा लागु गर्ने सम्बन्धमा कुराकानी अगाडि बढाइको बताउनुभयो ।
उहाँले स्वास्थ्य बिमा बोर्डले अस्पतालको बिमा रकमको दाबी सम्बन्धमा कार्य गरिरहेको र चाँडै बिमा रकम भुक्तानी हुने बताउनुभयो
स्वास्थ्य मन्त्रीले अस्पतालको निरीक्षणको क्रममा प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादव, अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेल लगायतको सहभागिता थियो ।
अस्पतालले ३ करोड ४० लाखको लागतमा अपरेसन तथा सर्जिकल वार्ड तथा २ करोड ४६ लाखको लागतमा बच्चा वार्ड निमार्ण गरेको हो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
