Logo
|
Friday 29th March 2024
Logo

epaper

सिनामंगलको प्रोमेड मल्टीस्पेशियालिटी सेन्टरमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा

कुन कुन विधाका डाक्टरबाट निःशुल्क उपचार हुन्छ ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । के तपाईं आफ्नो स्वास्थ्यप्रति चिन्तित हुनुहुन्छ ? यदि हो भने काठमाडौंको सिनामंगलस्थित प्रोमेड मल्टीस्पेशियालिटी सेन्टरले विभिन्न विधामा निःशुल्क स्वास्थ्य परीक्षण सेवा निरन्तर सञ्चालनमा ल्याएको छ ।

सेन्टरले भदौ एक गतेदेखि निरन्तर निःशुल्क सेवा सञ्चालनमा ल्याएको हो ।


बिहान, दिउँसो र बेलुका जनरल फिजिसियन सेवा, ग्याँस्ट्रोइन्टेरेलोजी सेवा, मुटु रोग, युरोलोजी, बाथरोग, स्त्री तथा प्रशुति सेवा, बाल रोग सम्बन्धि बहिरङ्ग सेवा निशुल्क लिन सकिने जनरल फिजिसियन डा. परशुराम घिमिरेले जानकारी दिनुभयो ।

सिनियर जनरल फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर युरोलोजिष्ट डा. प्रतिक मान सिंह गुरुङ (युकेमा एक दशकभन्दा बढी समय काम गरेको अनुभवी), फिजिसियन डा. परशुराम घिमिरे, ग्याँस्ट्रोइन्टरेलोजिष्ट डा. दिनेश कोइराला, पेडियाट्रिक र्युमेटोलोजिष्ट एवं इम्युनोलोजिष्ट डा. धर्मागत भट्टराई, वाथरोग विशेषज्ञ डा. साकेत झालगायतका टिमबाट सेवा प्राप्त गर्न सकिनेछ ।


उपचारमा आउने व्यक्तिहरुले निःशुल्क सुगर जाँच गर्न पाउनुहुनेछ ।


टाउको दुख्ने र रिंगटा लाग्ने समस्याको उपचार सेवासँगै प्रोमेडले सामाजिक उत्तरदायित्व र समस्यामा परेको व्यक्तिहरुलाई सहजै सेवा दिने विशुद्ध उद्देश्यले निःशुल्क बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको प्रोमेडका प्रबन्ध निर्देशक डा. विश्वनाथ कोइरालाले बताउनुभयो । यो निरन्तर रहने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्