Logo
|
Thursday 25th April 2024
Logo

epaper

डीएन परीक्षणको सहमतिपछि निहारिकाले तोडिन् अनसन 



जनास्थ्य सरोकार, काठमाडौँ । बच्चाको डीएन परीक्षणको माग राख्दै अनशनरत २१ वर्षीय कुमारी आमा निहारिका राजपुतले आमरण अनशन तोड्नुभएको छ । आफ्नो बच्चाको ‘डीएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बस्नुभएकी निहारिका राजपुत र सरकारबीचमा तीन बुँदे सहमति भएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीय सोनालकुमारी सिंह (निहारिका राजपुत) न्यायका लागि पटकपटक संघर्ष गर्दै आइरहेकी छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोड्नुभएको हो । उहाँले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोड्नुभएको हो ।

सहमतिमा राजपुतको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ । यस्तै, डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्