Logo
|
Thursday 28th March 2024
Logo

epaper

नक्कली चिकित्सकको बिगबिगीः जहाँ दश कक्षा र आइएस्सी सम्मको अध्ययन गरेकाहरुबाट डाक्टरी उपचार हुन्छ



जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगर पालिका–११, थुन्हियामा आफूलाई स्वास्थ्यकर्मी बताउने विकास बाला एक दशकदेखि मेडिकल सञ्चालन गर्दै आउनुुभएको छ । भारतको पश्चिम बङ्गालका बाला औषधि पसल खोल्न नेपाल आउनुुभएको हो ।

सांकेतिक तस्विर

कक्षा १० अध्ययन गर्नुभएका उहाँ स्वास्थ्यकर्मी बनेर उपचार गर्दै आउनुभएको छ ।

बङ्गाली डाक्टर (भारतको पश्चिम बङ्गालबाट औषधि पसल खोल्न आएका नक्कली स्वास्थ्यकर्मी) बालालाई जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानका लागि राखेको छ ।

बालाजस्ता नक्कली स्वास्थ्यकर्मीको कपिलवस्तुको मधेशी समुदायको बाहुल्यता रहेका बस्तीमा बिगबिगी नै रहेको छ ।

बालाले सञ्चालन गरेको क्लिनिकको दुई घरको छेउमा सन्तोषकुमार श्रीवात्सवको मेडिकल छ । उहाँ पनि भारतीय कोटिया बस्तीका नागरिक हुनुहुन्छ । जीव विज्ञान विषयमा प्रमाणपत्र तह (आईएस्सी) मात्र पास गर्नुभएको छ । तर, उहाँले निर्धक्कसँग बिरामी जाँच्नुहुन्छ । उहाँ अनुगमन टोली आएको थाहा पाएपछि मेडिकल बन्द गरी भाग्नुभएको थियो ।

नक्कली स्वास्थ्यकर्मीले उपचार गर्दा एक बालकको मृत्यु भएपछि प्रशासनको टोली मेडिकल अनुमगनका निस्किएको हो । गत शनिबार शुद्धोधन गाउँपालिका–५ का १४ वर्षीय दुर्गेश राजभरको उपचारको क्रममा निधन भएको थियो ।

राजभरको कान दुखेपछि उपचारको लागि शाहनी मेडिकलमा उपचारका लागि पुगेका थिए । उनको उपचार गर्ने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीले सो घटनामा मेडिकल सञ्चालक अमरेस मल्लाहलाई प्रकाउ गरी अनुसन्धान सुरु गरेको छ ।

राजभरको उपचार गर्ने स्वास्थ्यकर्मी नक्कली रहेको स्थानीयको दाबी रहेको छ । किशोरको मृत्युपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय कपिलवस्तुले मेडिकलहरूको अनुगमन गरेको हो ।

जिल्लाको हुलाकी रजमार्ग आसपासमा दर्जनको सङ्ख्यामा नक्कली स्वस्थ्यकर्मीको बिगबिगी र हे को मानव अधिकारकर्मी रवीन्द्रनाथ ठाकुर बताउनुहुन्छ । तर, पालिका, प्रशासन र स्वास् थ्य कार्यालयको त्यसमा ध्यान गएको देखिदैन भन्दै गोरखापत्रमा कपिलवस्तुबाट ज्ञानु पाण्डेले लेखेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्