Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रा.डा. रबिन्द्रमान श्रेष्ठ ‘साइनोडेन्ट इन्टरनेशनल अवार्ड २०२२’ बाट सम्मानित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कान्तिपुर डेन्टल कलेजका प्रिन्सिपल प्रा.डा. रबिन्द्रमान श्रेष्ठ ‘साइनोडेन्ट इन्टरनेशनल अवार्ड २०२२’ बाट सम्मानित हुनुभएको छ ।

विश्व दन्त सम्मेलनको अवसरमा गत विहीबार साइनोडेन्ट ग्लोबल हेल्थकेयरले प्रा.डा. श्रेष्ठलाई सो अवार्ड प्रदान गरेको हो ।

भारतको लखनउको अटलविहारी बाजपेयी साइन्टिफिक कन्भेन्सन सेन्टरमा आयोजित विशेष समारोहमा साइनोडेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.अनमोल बगरियाले प्रा.डा. श्रेष्ठलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

दन्त चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा प्राडा श्रेष्ठलाई ‘बेष्ट ओभरसिज डेन्टिस्ट अफ द इयर’ विधाबाट सो अवार्ड प्रदान गरिएको हो।

यसैबीच डा श्रेष्ठले लखनउको किंग जर्ज मेडिकल युनिभर्सिटीमा साइनोडेन्ट र इन्डियन सोसाइटी अफ डेन्टीस्ट्रीले आयोजना गरेको चौथो विश्व दन्त विज्ञान तथा मुख स्वास्थ्य सम्मेलनमा प्रमुख वक्ताका रुपमा वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्