Logo
|
Thursday 1st December 2022
Logo

epaper

अल्का अस्पताल तीज लक्षित योजना, महिलाहरुलाई सबै सेवामा २० प्रतिशत छुट



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुको लागि तीज लक्षित योजना ल्याएको छ ।

महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले तिजलाई छुटको योजना ल्याएको हो ।

अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएका महिलाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ ।

अस्पतालका ओपिडी सेवा तथा अन्य सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिएका छौँ, अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताउनुभयो ।

यो छुट विरामीहरुलाई ल्याव परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्