Logo
|
Thursday 25th April 2024
Logo

epaper

सनराइज बैंकद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ट्रली तथा ह्वील चियर हस्तान्तरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सनराइज बैंकले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धरानको वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको हो ।

बुधबार प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्वील चियर प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गर्नुभयो ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको राणाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले अस्पताललाई आवश्यक सामग्री सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

बैंकले हरेक बर्ष आफ्नो नाफाको १५ संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ र गत वर्ष नारी स्वास्थ्य र क्यान्सर सम्बन्धी सचेतना लगायत विभिन्न १५० भन्दा बढी कार्यक्रमहरु जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्