काठमाडौ महानगरपालिकाले चलायो अल्फा केयर फार्मेसीमा डोजर

जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा रहेको फार्मेसीमा डोजर चलाएको छ।
महानगरले नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएको अल्फाबिटा कप्लेक्समा रहेको अल्फा केयर फार्मेसीमा डोजर चलाएको हो ।
बिहीबार बिहान सुरुमा मेयर बालेन्द्र शाह (बालेन) सहित पुगेको महानगरको टोलीले अल्फाबिटा कम्लेक्सका सञ्चालकलाई नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका संरचना हटाउन भनेको थियो।
सञ्चालकले नक्साको विषयमा विवाद गरेपछि मेयर साह महानगरपालिकाबाट स्वीकृत कम्प्लेक्सको नक्सासहित डोजर लिएर त्यहाँ पुग्नुभएको थियो ।
३५ दिने सूचना जारी गर्दा समेत अवैध संरचना नहटेपछि मेयर साहले स्थलगत रुपमा अनुगमन गरी नहटाएका संरचना हटाउने अभियान थाल्नुभएको छ ।