Logo
|
Friday 29th March 2024
Logo

epaper

आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको छ ।

जसअनुसार (५ हजारभन्दा बढी जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य  सेवा केन्द्र क) , २ हजार देखि ५ हजारसम्म जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र (ख)र २ हजार भन्दा कम जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई (ग)  तहमा वर्गिकरण गरेको छ ।

यस्तै, क बर्गको स्वास्थ्य संस्थामा १०, ख बर्गको ८ र ग वर्गमा ६ जनाको दरबन्दी प्रस्ताव गरिएको छ । यद्यपि मन्त्रालयले प्रस्ताव गरेको संरचनालाई संसोधन गर्नुपर्ने भएमा सुझाव दिन सरोकारवालालाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्