Logo
|
Friday 19th April 2024
Logo

epaper

अबदेखि स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्यकर्मीलाई अबदेखि दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने भएको छ। राष्ट्रिय समावेशी आयोगले स्वास्थ्यकर्मी (चिकित्सक, नर्स र पारामेडिकल) लाई दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

स्वास्थ्यकर्मीहरुको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै भएको भन्दै आयोगले ५ भदौंमा स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ। आयोगले स्वास्थ्यकर्मीसँग गरेको अन्तक्रिया र अध्ययनबाट स्वास्थ्यकर्मीलाई अस्पतालहरुले निरन्तर २४ घण्टादेखि ३६ घण्टासम्म काममा लगाउने गरेको पाइएको थियो।

त्यसपछि आयोगको २ भदौमा बसेको बैठकले प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी कार्य नगराउन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यन्वयन गराउन ५ भदौंमा आयोगले मन्त्रालयलाई पत्राचार गरेको हो ।

आयोगले श्रम ऐनअनुसार हप्तामा ४८ घण्टाभन्दा बढी काममा नलगाउन, प्रतिदिन ४ घण्टाभन्दा बढी र हप्तामा २४ घण्टाभन्दा बढी काममा नलगाउन र अतिरिक्त समयमा काममा लगाइएको अतिरिक्त भुक्तानी दिने व्यवस्था मिलाएर सघन अनुगमन गर्न समेत निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्