
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि बिक्री रोक लगाएको छ । विभागले सूचना जारी गरी गुणस्तरहीन जिन्कोमिन डीटी नामको औषधि बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।
धादिङको खानेखोलास्थित नोभा जेनेटिक प्रालिले उत्पादन गरेको जिन्कोमिन डीटी नामको चक्की औषधि विक्रि वितरणमा विभागले रोक लगाएको हो ।
औषधि व्यवस्था विभागबाट बजार अनुगमन गर्ने क्रममा सो औषधिको नमुना परीक्षण गर्दा मापदण्ड पूरा नभएको पाइएकाले सो औषधि औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न विभागले आदेश दिएको हो ।
ब्याच नम्बर ZDT2-28 को उक्त औषधि बजारबाट फिर्ता गर्न र किनबेच नगर्न विभागले आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
