Logo
|
Friday 26th April 2024
Logo

epaper

कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित, यस्तो छ कर्मचारीहरुको माग



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कान्ति बाल अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। २४ बुँदे माग राख्दै कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। अस्पतालका कर्मचारीहरुले कार्यकारी निर्देशक र लेखा अधिकृतलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन ।

कर्मचारीहरुले अस्पताल विकास समिति तथा सन्चालक समिति गठन गर्नुपर्ने, अनियमितता र भ्रष्टाचारको छानबिन गर्नुपर्ने, अस्पताललाई भर्ति केन्द्र बनाउन नहुने, कर्मचारीको करार नवीकरण गर्नुपर्ने, स्तरवृद्धि र तहमिलान तत्काल गर्नुपर्नेलगायतका माग अघि सारेका छन्।

यस्तो छ कर्मचारीहरुको माग :
१)विकास समितिलाई आफ्नो मान्छे जागिर खुवाउने भर्ती केन्द्र बनाउने कार्य बन्द गरियोस। विना दरबन्दी कहिले मन्त्रीको मान्छे, कहिले सचिवको मान्छे त कहिले कस्को मान्छे भन्दै अनेक बहानामा मनोमानी जागिर खुवाउने काम सधैँ भैरहनु गलत हो। यसलाई सुधारियोस र विगत ६ महिना यताका सबै बिना दरबन्दीका अनियमित नियुक्तिहरु खारेज गरियोस।

२) कर्मचारी भर्ना गर्दा हाल कार्यरत कर्मचारीहरुको दरबन्दी बाहेकको रिक्त दरबन्दीमा वा नयाँ सिर्जित दरबन्दीमा मात्र प्रचलित विधि अपनाई खुल्ला प्रतिस्पर्दाबाट छनौट गरी नियुक्ती गर्ने व्यवस्था मिलाईयोस। एक महिने ज्यालादारी प्रथा खारेज गरियोस। हाल ६ महिना भन्दा बढी अबधी काम गरेका ज्यालादारी कर्मचारीलाई स्वत करारमा लगियोस।

३) हाल कार्यरत ज्यालादारी तथा करारका कर्मचारीहरुको करार अबधी सकिएको ४५ दिन वितिसक्दा पनि करार नविकरण नभएको हुँदा  २४ घण्टा भित्र अविलम्ब करार नविकरण गरियोस।

४) कान्ति बाल अस्पताल कर्मचारी नियमावलीमा स्पष्ट उल्लेख भै कर्मचारीको स्तरवृद्धि तथा तहमीलान समितिले गर्नेछ भन्ने व्यवस्था हुँदाहुदै स्थायी भएको १४ वर्ष सम्म पनि एक तह पनि स्तरबुद्धि नभएकोले प्रचलित कानून बमोजिमको स्तरवृद्धि तथा सहमीलान तत्काल गरियोस।

५) स्थायी कर्मचारीहरुको सावधिक विमा योजना तत्काल लागू गरियोस।

६) करारमा कार्यरत कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद गराई नियमित गर्ने कार्य तत्काल गरियोस। 

७) अवकाश प्राप्त कर्मचारीको उपदान रकम तथा अन्य निवृत्तिभरणको भुक्तानी सेवा निवृत्त भएको एक हप्ता भित्रै गर्ने व्यवस्था मिलाईयोस।

८) ओजेटी तथा ईन्टर्नशिप गराए वापत प्राप्तहुने आम्दानीको निश्चित प्रतिशत रकम कर्मचारीहरुलाई प्रोत्साहन भत्ताको रुपमा बाँड्ने व्यवस्था भएको र विगतमा बाँड्दै पनि आएकोमा गएका ५ वर्ष देखि यस्तो भत्ता वितरण नगरिएको हुँदा तत्काल एकमुष्ट हिसाब किताब गरि वितरण गरियोस।

९) विमा बोर्डबाट स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत प्राप्त हुने सोधभर्ना रकमको १० प्रतिशत रकम प्रोत्साहन भत्ताका रूपमा वितरण गर्ने व्यवस्था अन्तर्गत बिमा कार्यक्रम लागु भएदेखि हाल सम्म ककन कर्मचारीले यो कति प्रोत्साहन भत्ता प्राप्त गरे सो को विवरण सार्वजनिक गरियोस।

१०) २०७५/०३/२० को कान्ति बाल अस्पताल विकास समितिको निर्णयले तोकेभन्दा विपरित गएर स्वास्थ्य बिमा बोर्डबाट प्राप्त १० प्रतिशल प्रोत्साहन भत्ता वितरण भनी गत आर्थिक वर्षको अन्त्य तिर निर्देश डा युवानिधि बसौलाले रु २०००० (रुपैया बिस हजार), उपसचिव लेखा श्रीराम दाहालले रु २००००/-(रुपैयाँ बिस हजार) लगायत निर्णयले तोकेभन्दा अतिरिक्त अनाधिकृत कर्मचारीहरुले पनि भत्ता खाएको देखियो। यसरी अनाधिकृत व्यक्तिहरुले के कति कारणले भत्ता खाएको हो कारण सहित रकम फिर्ता गरियोस।

११) पछिल्लो पटकको कोभिड भत्ता वितरणमा अनियमितता भएकोले सो वितरणकोसम्पूर्ण हिसाव किताब सार्वजनिक गरियोस। कोमिङ महामारी पछि अस्पतालमा सरुवा भै आएका निर्देशक डा युवानिधि बसीला उपसचिव भवनाथ खतिवडा, उपसचिव (लेखा) श्रीराम दाहाल लगायत तत्कालीन (कोभिड समयाबधीमा हाजीरी नै नभएका अन्य कर्मचारीहरूले समेत कोभिड भत्ता खाएको / खुवाएको भन्ने जानकारी प्राप्त भएकोले तत्काल त्यस्ता कर्मचारीले खाएको भत्ता खाने खुवाउनेबाट असुलउपर गरियोस।

१२) कोटेशन खरिद विधिबाट सीधै १० लाख नजिकको खरिद गर्ने पुजीगत खर्चको लागी प्राप्त एकमुष्ट बजेटलाई टुक्र्याएर बजार खरिद गर्ने जस्ता कार्य अविलम्ब बन्द गरियोस र बोलपत्र (टेण्डर) को माध्यमबाट खरिद गर्ने व्यवस्था मिलाइयोस।

१३) गत असार महिनामा मात्र गरिएको लगभग ३ करोड भन्दा बढीको मनोमानी बजार खरिदको छानविन गरि अनियमितता गर्न लाई काबाही गरियोस।

१४) उपसचिव वा सो सरहको कर्मचारीले निजी प्रयोगको लागि चारपांग्रे सवारी साधन सुविधा नपाउने व्यवस्था भए पनि अस्पतालका उपसचिवहरुले सो सुविधा उपभोग गर्दै आएकोले अविलम्ब कटौती गरियोस।

१५) सेवा करार अन्तर्गत हाल अस्पतालमा १२ देखि १४ जना मात्र सुरक्षा गार्डले सेवा प्रदान गरिरहेको देखिन्छ तर भुक्तानी भने १८ देखि २० जना बराबरको गर्ने गरेको र कमिशनको खेती गरिरहेको जानकारी प्राप्त भएकोले सो सम्बन्धि कर्मचारीको हाजीरी विवरण र भुक्तानी विवरण सार्वजनिक गरियोस।

१६) अस्पतालको काउण्टर संचालनको लागि हिमालयन बैंक सँग ५ वर्षको सम्झौता गरेको जानकारी प्राप्त भएकोले कुन नियम कानूनका आधारमा एकै पटकमा ५ वर्षको सम्झौता गरिएको हो र किन गरिएको हो।
सो दिर्घकालिन सम्झौता तत्काल रदगरी हरेक वर्ष नविकरण गर्ने व्यवस्था गरियोस। यो पाँच वर्षे सम्झौताका सर्तहरु सहितको कागजातहरु सार्वजनिक गरियोस।

१७) सूचनाको हक सम्बन्धी अधिकार उपलब्ध गराईयोस। जसको लागि अविलम्ब सूचना अधिकारी तोक्ने काम होस। आर्थिक पारदर्शीता अन्तर्गत भ्रष्टाचार निवारण सम्बन्धी ऐन तथा नियमावलीहरुले व्यवस्था गरे बमोजिम कार्यालय (अस्पताल) ले हरेक महिना गरिने खरिद एवं आर्थिक कारोबारको विवरण महिनाको अन्तमा सूचना पाटीमा टास गर्ने र सूचना माग्नेलाई उपलब्ध गराउने व्यवस्था मिलाइयोस र गत असार र श्रावण महिनाको विवरण तत्काल सार्वजनिक गरियोस।

१८) विभिन्न बैंक र विभिन्न नाममा खोलिएका अस्पतालका बैंक खाताहरुको विवरण सार्वजनिक गरियोस। आव २०७८/२०७९ को सबै खाताहरुको विवरण (बैंक स्टेटमेन्ट) सार्वजनिक गरियोस।

१९) हप्तामा ४० घण्टा ड्युटी गर्नुपर्ने कानूनी प्रावधान सबै तह र तप्काका कर्मचारीहरुमा कडाइका साथ लागु गरियोस । अस्पतालमा हाजीरी गरेर, अस्पतालको काम नगरेर अध्यायन अध्यापनमा हिड्ने प्राध्यापक तथा सहप्राध्यापकहरुको कानुनी प्रावधान के हो जानकारी गराइयोस।

२०) यूनियनहरुले समय समयमा पेश गर्ने सुझाव, सल्लाह तथा जायज मागहरुको सुनुवाई होस।

२१) विकास समितिका कर्मचारीहरुको अपमान हुनेगरी पूर्वाग्रही ढंगले हालसालै गरिएको कार्य विभाजन खारेज गरी सम्मानजनक व्यवहार गरियोस।
सुनियोजित ढंगले मननपरेको कर्मचारीको विरुद्धमा आधारहिन झुटा आरोपहरु लगाई बेनामी उजुरी दर्ता गर्ने गराउने र सोही उजुरीलाई आधार मानी लिखित स्पष्टीकरण सोध्ने जस्ता षडयन्त्र मूलक कावही बन्द गरियोस।

(२३) श्रेणीविहिन कर्मचारीहरुकी व्यवस्थापन हाउस किपिङ्ग अन्तर्गत गरियोस नर्सिङ्ग प्रशासकलेनियन्त्रण गर्ने व्यवस्था हटाईयोस।

२४) अस्पताल विकास समिति तफका आर्थिक कारोबार बार्षिक बजेट बनाएर स्वीकृत बजेटको सिमाभित्र रही नियन्त्रीत ढंगले गरियोस सम्पूर्ण आम्दानी खर्चको छुटै लेखा परिक्षण गर्न व्यवस्था गरियोस।

प्रतिक्रिया दिनुहोस्