
जनस्वावास्थ्य सरोकार, पोखरीया । पर्साको वीरगन्जमा डेङ्गु र स्क्रब सटाइफका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगन्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेङ्गु र स्क्रब सटाइफका बिरामी उपचारका लागि आउन थालेका छन् ।
नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगन्ज बाहिरबाट आएका नागरिकमा बढी जसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उहाँले बताउनुभयो । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।
हाल दैनिक रूपमा १५ देखि २० जनामा डेङ्गु र स्क्रब सटाइफका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन् । बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्षण देखिने गरेको डा सिहले बताउनुभयो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
