Logo
|
Tuesday 21st March 2023
Logo

epaper

१२ हजारको आँखा उपचार, ६५० जनाको सफल कस्मेटिक सर्जरी



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको पुल्चोकस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले १२ हजारको आँखा उपचार र ६५० जनाको सफल कस्मेटिक सर्जरी गर्न सफल भएको छ ।


सेन्टरको सातौँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । वार्षिक उत्सवको अवसरमा सेन्टरले एक महिनासम्म आँखाको प्लास्टिक सर्जरीमा २० प्रतिशत, चश्मामा २० प्रतिशत छुट तथा निशुल्क आँखा परीक्षणको व्यवस्था गरेको छ ।


सो अवसरमा सदावहार नायिका करिश्मा मानन्धर र सेन्टरकी अध्यक्ष एवं अकुलोप्लाष्टि सर्जन डा. पुजा राजभण्डारीले सयुंक्त रुपमा केक काटेर खुशी व्यक्त गर्नुभयो । नायिका मानन्धरले सेन्टरको व्यवसायीक सफलताको शुभकामना दिनुभयो ।


सेन्टरले आँखाबाट निरन्तर आँशु र पिप बगिरहरने, आँखा वरिपरि बोसो जमेको, मुसा पलाएको, मासुको डल्लो, ट्युमर, उमेरको कारण आँखाको डिल बाहिर वा भित्र फर्केको, आँखाको ढकनी तलतिर सरेको, रोगका कारण आँखा साना वा ठूला भएकाहरुको कस्मेटिक सर्जरीमार्फत उपचार सेवा उपलब्ध गराउँदै आएको डा. राजभण्डारीले बताउनुभयो ।


उहाँका अनुसार सेन्टरमा आँखाको मुन्द्री बनाउने, मंगोलियन आइलिड सर्जरी, आँखाको बोसो हटाउने, आइब्रो तथा चेकलिफटिङ, अनुहारको चाउरीपना हटाउने लगायतका कस्मेटिक सेवा पनि सञ्चालन हुँदै आएको छ ।


सेन्टरले दृष्टि दोष, उच्चरक्तचाप, मधुमेह, थायराइड, बाथरोग र शरीरको अन्य भागमा लागेको रोगका कारण आँखामा पर्ने असरको जाँच समेत गर्दै आइरहेको जनाइएको छ ।


सो अवसरमा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले गुणस्तरीय आँखा उपचार सेवालाई निरन्तरता दिन सफल भएको जानकारी गराउनुभयो ।


सेन्टर २०७२ सालमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्