
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्म ७२ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ। अझै २ महिना डेंगुको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन्।
एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन्।
गएका वर्षमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थियो। यसपालि असोज महिना नलाग्दै डेंगुको संक्रमण फैलिरहेको छ । बेलैमा सचेत नभएमा आउँदो दुई महिनामा जोखिम झन् बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो ।
हालसम्म ३ हजार २ सय २७ जनामा डेंगु पुष्टि भएको महाशाखाको तथ्यांक छ । सबैभन्दा धेरै वाग्मती प्रदेशमा डेंगु फैलिएको छ। यो प्रदेशका २ हजार १ सय ८ जनालाई डेंगु भएको छ।
घर छेउछाउमा थुप्रिएको फोहोर, खोल्साखोल्सीमा जम्मा हुने पानी लगायतका कारण बढेका लामखुट्टेको टोकाइ, सचेतनाको अभावका कारण डेंगु बढेको जाजरकोट अस्पतालका निर्देशक डा. दीपक पुनले बताउनुभयो ।
डेंगु गराउने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे विशेषगरी साँझ बिहानको समयमा सक्रिय हुने उहाँको भनाइ छ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
