Logo
|
Tuesday 27th September 2022
Logo

epaper

स्वास्थ्यमन्त्री खापुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता 



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।

काठमाडौंमा रहेका सरकारी अस्पतालहरूको सरसफाइ र सेवासम्बन्धी मन्त्री खापुङ र मेयर शाहबीच भेटवार्ता भएको हो। करिब एक घण्टा लामो छलफलमा मेयर शाहले सरकारी अस्पतालमा स्वास्थ्य सेवा सर्वसुलभ नभएको, सरसफाइको कमी भएको गुनासो आएको बताउनुभयो । यही विषयमा स्वास्थ्य मन्त्री खापुङसँग भेट गर्न मेयर शाह मन्त्रालय पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्