
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर दुई हजार ८६९ नमुना परीक्षण गर्दा २०६ जनामा कोरोना देखिएको छ। जसमध्ये एक हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जनामा र एक हजार २७४ जनाको एन्टिजन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै, आज कोरोनाबाट तीन जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार पाँच पुगेको छ।
पछिल्लो २४ घण्टामा ३९८ जना निको भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या पनि दुई हजार ८९१ मा झरेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
