
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्ला दिनमा नेपालमा डेंगुको संक्रमण ह्वात्तै बढेको छ । भदौ १७ सम्म डेंगु संक्रमितको संख्या चार हजार १०४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जुनदेखि अगष्टसम्म सबैभन्दा बढी तीन हजार ९९३ जनामा डेंगी पुष्टी भएको छ ।
यस वर्ष डेंगुबाट ललितपुर सबैभन्दा धेरै प्रभावित बनेको छ । ललितपुरमा एक हजार ६७४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर बढी संक्रमित देखिनेमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित धादिङ, रुपन्देही, तेह्रथुम, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची रहेका छन् ।
महाशाखाका अनुसार हालसम्म ६८ जिल्लाहरुमा एक वा एकभन्दा बढी डेंगुका बिरामी भेटिएका छन् । गतवर्षको आँकडाअनुसार डेंगुु असोज अन्तिमसम्मै फैलिने महाशाखाको अनुमान छ ।
सन् २०१९ पछि यो वर्ष डेंगी फेरि प्रकोपकै रुपमा फैलिइरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् ।
यसअघि, सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगी पुष्टि भएको थिया । जसमध्ये ६ जनाको मृत्यु भएको थियो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
