
जनस्वास्थ्य सरोकार, सोलुखुम्बु। सोलुखम्बुका १२ हजार जना भन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइएको छ । जिल्लाका आठ स्थानीय तहका १२ हजार १३२ जना बालबालिकालाई कोरोना भाइरस विरुद्ध पहिलो मात्राको फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
खोप प्राप्त गर्ने बालबालिकाहरूमा सोलुदूधकुण्ड नगरपालिकाका तीन हजार १९४, थुलुङ दूधकोशी गाउँपालिकाका दुई हजार १९४, नेचासल्यानका एक हजार १२० र सोताङका एक हजार १९२ जना छन् ।
त्यस्तै, महाकुलुङ गाउँपालिकाका एक हजार ४२०, माप्यदूधकोशी गाउँपालिकाका एक हजार ४७५, खुम्बु पासाङ ल्हामुका एक हजार ४० र लिखुपिकेका ४९७ जना बालबालिकाले खोप पाएको सम्बन्धित पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् ।
कोरोना सङ्क्रमणदारलाई मध्यनजर गर्दै जिल्लामा भदौ ५ गतेदेखि १३ गतेसम्म विभिन्न विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरूमा फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय प्रमुख नारद सुवेदीले बताउनुभयो । अब दोस्रो मात्राको खोप असोजबाट सुरु गरेर दशैँ अगावै सक्ने लक्ष्य लिएको प्रमुख सुवेदीको भनाइ छ ।
जिल्लामा ५ देखि ११ वर्षसम्मका करिब १४ हजार जना बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
