जनस्वास्थ्य सरोकार, काठमाडौँ । डेङ्गी एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हो । जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठी भन्नुहुन्छ, ‘डेङ्गी नियन्त्रणका लागि निदानात्मक, उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरेका छौँ ।’

महानगरले भदौ १३ गते सबै वडा क्लिनिकका इञ्चार्जहरुलाई बोलाएर डेङ्गी रोकथाम र नियन्त्रणका लागि प्रशिक्षण सञ्चालन गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् भदौ १४ गतेबाट जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रियात्मक प्रशिक्षण गरेर घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ । घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न सिकाइन्छ ।

आजबाट प्रयोगशाला भएका वडाहरुमा ¥यापिड डाइग्नोस्टिक टेस्ट सुरु हुदैछ । यसरी परीक्षण सुरु हुने ठाउँहरु रामघाट स्वास्थ्य केन्द्र, वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन् ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
