Logo
|
Thursday 25th April 2024
Logo

epaper

चिकित्सकीय काम प्रभावित हुनेगरी चिकित्सकलाई मुद्धा, पक्राउ पूर्जी जारी गर्ने वा पक्राउ नगर्न काउन्सिलको अनुरोध



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले उपचारसँग सम्बन्धित विषयलाई लिएर चिकित्सकीय काम प्रभावित हुनेगरी चिकित्सकलाई मुद्धा, पक्राउ पूर्जी जारी गर्ने वा पक्राउ नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।


चिकित्सकले कुनै हिंसा वा स्वास्थ्य उपचार गर्दा लापरवाही गरे नगरेको काउन्सिलको अनुसन्धान समितीले अनुसन्धान गर्ने भएकाले पिडित पक्षले समितिमा उजुरी गर्नुपर्ने उल्लेख गर्दै चिकित्सकीय काम प्रभावित हुनेगरी चिकित्सकलाई मुद्धा तथा पक्राउ पूर्जी जारी गर्ने वा पक्राउ गर्ने लगायतका काम कारबाही नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो ।


कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य उपचारका क्रममा कुनै लापरवाही वा हेलचेक्र्याइ गरेको शंका लागेमा मुलुकी अपराध सहिंता, २०७४ को परिच्छेद १९ को इलाज सम्बन्धी कासूरको दफा २३१, २३२, २३३, २३८ ले कानूनी व्यवस्था गरेको छ । उल्लेखित दफा बमोजिम कानूनी उपचारको कार्यविधिले मुलुकी फौजदारी कार्यविधि सहिंता, २०७४को दफा १८१ को उपदफा ३ मा अनुसन्धान समितिको व्यवस्था गरेको छ ।


नेपाल मेडिकल काउन्सिलमा दर्ता भई चिकित्सकीय पेशा सञ्चालन गर्ने वा चिकित्सकीय कार्य गर्ने चिकित्सकहरुले कुनै व्यक्तिको स्वास्थोपचार गर्दा ज्यान मर्न वा अंगभङग हुन गएमा वा स्वास्थ्य उपचारको सिलसिलामा कुनै दुर्घटना हुन गई स्वास्थोपचारमा संलग्न चिकित्सक दोषि देखिने अवस्था भएमा सो चिकित्सकको सम्बन्धमा आवश्यक अनुसन्धान गर्न मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १८९(३) मा काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ जनाको अनुसन्धान समिती रहने कानूनी व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्