Logo
|
Tuesday 16th April 2024
Logo

epaper

लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्रता दिने डेङ्गु रोग नियन्त्रणका लागि बसेको उच्चस्तरीय बैठकको निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौं । डेङ्गु रोग नियन्त्रणका लागि बसेको उच्चस्तरीय बैठकले लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।

मुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा बसेको बैठकले डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्रता दिने निर्णय गरेको हो ।

सो कुरा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो । । लामखुट्टेले उसको जीवनमा विभिन्न स्थानमा गई आठ सयभन्दा बढी अन्डा पार्ने बताइन्छ । लामखुट्टेको जीवन एक महिनाको हुन्छ । एक महिनापछि लामखुट्टे आफैँ मर्ने भएकोले लार्भा नष्ट गर्नु उपयुक्त देखिन्छ । साथै उच्चस्तरीय बैठकले सङ्घीय, प्रदेश र स्थानीय तीनवटै तहका सरकारसँग रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ ।

बैठकले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक सामग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचारप्रसार गर्ने निर्णय पनि गरेको छ ।


यता स्वास्थ्य कार्यालय काठमाडौँले डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको अन्डा र लार्भा नष्ट गर्नका लागि ५० जना स्वयंसेवक परिचालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्