Logo
|
Friday 26th April 2024
Logo

epaper

भाइरल ज्वरोका बिरामी बढेपछि तीन दिन विद्यालय बन्द



जनस्वास्थ्य सरोकार, बागलुङ । बागलुङको गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

रिघामा ज्वरो आउने, रुघाखोकी, तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेकोले गलकोट– ११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनको लागि बन्द गरिएको प्रधानाध्यापक हर्कबहादुर बिकले जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसितभएपछि विद्यालय बन्द गरिएको उहाँको भनाई छ । गतहप्ता केही विद्यार्थी र शिक्षक मात्रै बिरामी भए पनि आइतबार २४ जना विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको बिकले बताउनुभयो ।

साबिक रिघा गाविसको वडा नं। १,२, र ४ वडामा बढी र वडा नम्बर ५ का केहीमा पनि संक्रमण देखिएको रिघा स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले बताउनुभयो । उहाँका अनुसार अहिले बिरामीलाई सामान्य औषधी दिने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्