Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

जिम्मेवार र उत्तरदायी बन्न सिक



कुनै व्यक्ति अस्वस्थ भएपछि ऊ डाक्टरको भरोसामा अस्पताल पुग्छ । डाक्टरको भरोस तीनै ल्याब हुन्, जहाँबाट बिरामीको रोग पहिचान भएपछि मात्र उपचारको विधि शुरु हुन्छ । जब ल्याबबाटै गलत रिपोर्ट पुग्छ भने डाक्टरले गर्ने उपचारको के अर्थ हुन्छ ? यो प्रश्न होइन अब जनस्वास्थ्यको हितमा बहस बन्नुपर्छ ।

जनस्वास्थ्यसँग गाँसिएको प्याथोलोजी सेवा अचेल व्यापारिकरण भइरहेको र झारा टार्ने किसिमले समेत कतिपय ल्याबहरु चलिरहेको बिभिन्न अनुगमनका क्रममा पनि भेटिएका छन् । प्याथोलोजी सेवालाई ‘इजी मनी’ कमाउने व्यवसाय बनाउने क्रम रोक्न सम्बद्ध पक्षले नै बढि पहलकदमी लिनुपर्ने देखिन्छ ।

सरकारले कानुन त बनाइदिएको छ तर यसको कार्यान्वयन पक्षमाथि प्रशस्त प्रश्नहरु उठिरहेका छन् । बिरामी डाक्टर समक्ष पुगेपछि रोगको पहिचान, निदान, रोकथाम, उपचार, अनुसन्धान र सुझाव सबै प्याथोलोजी रिपोर्टबाट मात्र थाहा हुने भएकाले पनि यसलाई बढि जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने विज्ञहरुको सुझाव आउने गर्छ । सरकारले यिनै सुझावका आधारमा राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला नीति बनाएको भए पनि कार्यान्वयन पूर्ण रुपमा अझै भएको छैन ।


ल्यावहरुले कसरी काम गरिरहेका छन् भन्ने प्रभावकारी अनुगमन भएन भने स्वास्थ्य क्षेत्रमा अराजकता बढ्ने र मानव जीवनमाथि खतरा थपिने देखिन्छ । त्यसैले यसप्रति जिम्मेवार निकाय अग्रसर हुनुपर्ने जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्