
जनस्वास्थ्य सरोकार, धनगढी । चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग राख्दै अनशन बस्नुभएका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा २०औँ सत्याग्रह सुरु गरेका केसीलाई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालमा उहाँले औषधि लिन नमानेको बताइएको छ । अस्पतालले पनि उहाँसँग कसैलाई भेट गर्न दिएको छैन । उहाँको रक्तचाप निकै घटेको बताइएको छ । रक्तचाप अहिले ९०/६० पुगेको र मुटुको चाल पनि घट्दो क्रममा रहेको छ । उहाँलाई सामान्य स्लाइन पानी चढाइएको छ ।
तीन करोड नेपाली जनताका लागि अनशन बसेको भन्दै स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने उहाँले बताउनुभएको बताइएको छ । उहाँले धनगढीमा अनशन बसेको आज पाँचौँ दिन हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
