अनशनरत डा. केसीको ताैल दुई किलाे घट्याे, बेहाेस हुन सक्ने चिकित्सककाे चेतावनी
जनस्वास्थ्य सरोकार, धनगढी । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २०औँ अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।
धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिएपछि मंगलबार उहाँलाई सेती प्रादेशिक अस्पातल भर्ना गरिएको थियो । अस्पतालमा राखिए पनि उहाँको स्वास्थ्यमा सुधार आएको छैन ।
उहाँले औषधि सेवन गर्न मान्नुभएको छैन । अस्पतालले विज्ञप्ति निकाल्दै डा. केसीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकान लाग्ने, स्वास फेर्न गार्हो हुने, शरीरको मांसपेशी दुख्नेलगायतका समस्या देखिएको जनाएको छ । यस्तै डा. केसीको दुई किलो तौल घटेको छ ।
