
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत २४ घन्टामा नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८८२ जनामा गरिएको परीक्षणमा ५९ जना संक्रमित भेटिएको हो।
आज १६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने यही समयमा संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ।
हाल देशभर १ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १८ जना आइसियूमा‚ ६४ जना संस्थागत आइसोलेशनमा र १ हजार ७६६ जना होम आइसोलेशनमा रहेका छन्।
हाल काठमाडौंमा ६९६ जना‚ ललितपुरमा २९४ जना र भक्तपुरमा ३२ जना सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
