Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं । नेपाल चिकित्सक संघको दुई दिने दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजबाट सुरु भएको छ ।

मंगलबार र भोलि बुधबार हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पुरा भइसकेको नेपाल चिकित्सक संघले जनाएको छ । सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुनेछ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यतालिका रहेको छ । सम्मेलनको पहिलो दिन संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धीु,सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेहको असरु र चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणाु विषयमा छलफल हुनेछ।

यस्तै बुधबार, महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरुु, खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा स्वास्थ्य पर्यटनको संभावना र चिकित्सा शिक्षामा असर र अवसर विषयमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्