Logo
|
Thursday 28th March 2024
Logo

epaper

डेंगीका विरामीको राम्रो उपचार व्यवस्था र प्रकोप नियन्त्रण गर्न माग  एमालेको माग



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा एमालेले देशव्यापी रूपमा फैलिएको डेंगी रोग नियन्त्रणका लागि जुन तहको योजना र कार्यक्रम ल्याउनुपर्थ्यो त्यस कार्यमा सरकार चुकेको भन्दै विरामीको उपचारमा सरकारी संयन्त्र असफल भएको जनाएको छ । पार्टीका सचिव, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी डेंगी रोग देशव्यापी फैलिएर उत्पन्न भएको स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेकपा एमालेले डेंगी रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परिक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधि सहज उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७९ साउनदेखि देखापरेको डेंगी रोगबाट पछिल्लो तथ्याङ्कअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका विरामीहरूको संख्या योभन्दा निक्कै धेरै रहेको छ । डेंगीबाट मृत्यु हुनेको संख्या २१ पुुगेको छ भने देशका ७५ जिल्लामा यो रोगको लक्षण फैलिएको छ ।’

‘राजधानी काठमाडौंमा डेंगी आम मानिसमा फैलिएको छ । आम जनसमुुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ । यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ ।’

विज्ञप्तिमा नेकपा एमाले का सांसदहरूले साउन महिनामै व्यवस्थापिका संसदमा ठोस योजना र कार्यक्रमसहित डेंगी रोगको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्