Logo
|
Friday 19th April 2024
Logo

epaper

वीर अस्पताल क्षेत्रको अवैध संरचनामा महानगरको डोजर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ । महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज बिहीवार दिउँसो डोजर चलाएको हो ।

अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाएकोले डोजर चलाउनुपरेको महानगरपालिकाले जनाएको छ । फार्मेसी सञ्चालन भएका ठाउँ बगैँचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ ।

नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो । तर सूचनाको बेवास्ता गरेर नहटाएकाले डोजर लगाएर खाली गर्न सुरु गरेको महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाले गएको भदौ ६ गतेदेखि सडक मिचेर बनेका संरचना र पसललगायतका संरचना हटाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्