Logo
|
Friday 29th March 2024
Logo

epaper

नेशनल प्याथल्याव बुटवल ‘क’ वर्गको ल्यावमा वर्गिकृत

काठमाडौं उपत्यका बाहिर ‘क’ वर्गको मान्यता प्राप्त गर्ने एकमात्र ल्याब



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गुणस्तरलाई मुख्य प्राथमिकतामा राखेर शुरु भएको बुटवलस्थित नेशनल प्याथल्याव एण्ड रिसर्च सेन्टर प्रा.लि.(एनपिएल) ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ वर्गको मान्यता प्राप्त गरेको छ । काठमाडौं उपत्यका बाहिर क वर्गको मान्यता प्राप्त गर्ने यो एकमात्र प्याथलोजी भएको छ । देशका आठ ठाउँमा शाखा विस्तार गर्न सफल नेशनल प्याथल्याव काठमाडौँले यसअघिनै क वर्गको मान्यता पाइसकेको छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) ले गत भदौ १७ गते स्थलगत अनुगमन गर्दा प्रयोगशाला सञ्चालनका लागि ‘स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ ’ अनुसार आवश्यक न्युनतम मापदण्ड पुरा गरेको पाएपछि जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ को उपनियम (५) बमोजिम पाँच वर्षका लागि ‘क’ वर्गको इजाजतपत्र प्रदान गरेको हो । साथै, प्रयोगशालाले तोकिएका सेवा सर्तहरुको पालना नगरे कुनै पनि बखत प्रयोगशालाको सञ्चालन अनुमति खारेज गर्न सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।


२०७० सालमा बुटवलमा सञ्चालनमा ल्याइएको एनपीएलले वुटवल, भैरहवा, धनगढी, नेपालगञ्ज, गुल्मी, घोराही, तुलसीपुर, काठमाडौं गरी आठ ठाउँमा शाखा विस्तार गर्न सफल भएको छ । शुरुमा दुइ करोडको लागतमा बुटवलमा शुरु गरिएको एनपिएलका सबै शाखा गरेर अहिले सम्म ५० करोड रुपियाँ भन्दा बढी लगानी भइसकेकोे छ । काठमाडौँ शाखा विस्तारमा मात्र करिब १० करोड रुपियाँ लगानी भइसकेको छ । समय अनुसार क्लिया, इम्युनोहिस्टोकेमेस्ट्री, फ्लोसाइटोमेट्री जस्ता अत्याधुनिक उपकरण अपडेट गर्दै प्रयोगशालामा नयाँ टेक्नोलोजी भित्र्याउन कुनै कन्जुस्याइँ नगरेको नेशनल प्याथल्यावका प्रबन्ध निर्देशक पवन जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्