
जनस्वास्थ्य सरोकार, काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी र सरकारी पक्षबीच बिहीबारको वार्ता निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठक सरकारी पक्षले तयारी नगर्दा निष्कर्षविहीन बन्न पुगेको हो ।
बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव, स्वास्थ्यसचिव डा रोशन पोखरेल, शिक्षा मन्त्रालयका उपसचिव लक्ष्मी खड्कालगायत सहभागी हुनुहुन्थ्यो । केसीको तर्फबाट डा जीवन क्षेत्री,प्रीतम सुवेदी, ओमप्रकाश अर्याल, डा लिजन महर्जन, डा विष्णु पोखरेल सहभागी हुनुहुन्थ्यो । तर, सरकारी टोलीले केसीका मागका सम्बन्धमा तयारी नगरेकाले मूल विषयमा छलफल नै भएन ।
‘सरकारी टोलीले तयारी नै गरेको रहेनछ, हामीलाई भुलाउन मात्रै बैठकमा बोलाउनुभयो,’ डा प्रीतम सुवेदीले भन्नुभयो ‘उहाँहरूले राजनीतिक दल, मन्त्री र प्रधानमन्त्रीसँग छलफल गरेर मात्रै हाम्रा माग पूरा गर्नेबारे फेरि वार्तामा बस्ने बताउनुभएको छ ।’ उहाँका अनुसार अब कहिले वार्तामा बस्ने भन्नेबारे सरकारी पक्षले कुनै जवाफ नै दिएको छैन ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
