Logo
|
Friday 29th March 2024
Logo

epaper

७६ नयाँ कारोना संक्रमित थपिँदा ८७ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९ जनाको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३० जनाको पीसीआर परीक्षण गर्दा ५३ जना र २ हजार २३९ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ३७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्