Logo
|
Friday 19th April 2024
Logo

epaper

गुणस्तरीय प्रयोगशाला रिपोर्टमा उपकरण र वायोमेडिकल इन्जिनियरिङको भूमिका



प्रनिश प्रधान, बायोमेडिकल इन्जिनियर

जनस्वास्थ्य सरोकार, काठमाडौँ । खासगरी वायोमेडिकल इन्जिनियरले प्रयोगशाला सम्बन्धित उपकरणको जडान, प्रयोगकर्ताहरुलाई तालिम र उपकरण जडानपछिको मर्मतसम्भार सेवा प्रदान गर्नुपर्छ । मेसिनमा माइक्रोलेटरमा काम हुने भएकाले थोरै माइक्रोलेटरले गर्दा पनि नमुनाको रिजल्टमा ठूलो हेरफेर हुनसक्छ ।

मेसिनले गर्नुपर्ने काम प्रयोगकर्ताको नाङ्गो आँखाले देख्न सक्दैन । सरसर्ति हेर्दा मेसिन चलिरहेको भएपनि यो नरोकिएसम्म वायोमेडिकल इन्जिनियरसँग सम्पर्क गरेको पाइँदैन । मेसिनले नमुना लिएर काम गरिरहेको भएपनि मेसिनले रिपोर्ट सही दिएनदिएको प्रति चनाखो हुनुपर्छ । मेसिन चलेको भएपनि कुन अवस्थामा चलिरहेको छ ? मेसिनले लिनुपर्ने मात्राको नमुना लिएको छ कि छैन ? भन्ने कुरा ख्याल गर्नुपर्छ ।

यसरी मेसिनले काम गरेनगरेको बारे जानकारी लिन समयसमयमा मेसिनलाई क्यालिब्रेट (सर्भिसिङ) गरिरहनुपर्छ । प्रयोगकर्ताहरुले मेसिन सञ्चालनमा ल्याइरहेको भएपनि बेलाबेलामा मेसिन साँच्चिकै सही कन्डिसनमा चलनचलेको पहिचान गर्न क्वालिटी जाँच गर्नुपर्छ । वायोमेडिकल इन्जिनियरिङ दृष्टिकोणबाट कम्तिमा पनि निश्चित समयभित्र कम्पनिको इन्जिनियरलाई बोलाएर नियमित सर्भिसिङ गर्नुपर्छ । यसले नियमित रुपमा गुणस्तर कायम राख्न मद्धत पुग्छ ।


एबोट कम्पनीका मेसिनको विशेषता
अमेरिकन कम्पनि एबोटले सिक्स सिग्मा भेरिभाइड मेसिन इम्युनोएस्से एनालाइजर, बायोकेमेस्ट्री एनालाइजर एवं क्लीया मेसिन हेमाटोलोजीका उपकरणहरु नेपाली बजारमा ल्याएको छ । यो विश्वस्तरीय मेसिनमध्ये एउटा हो ।

एबोटका उपकरण जडानपश्चात् इन्टरनेटबाट मेसिनको इरर, काम गरिरहेको अवस्था, मेसिनमा इरर लक (जसले निकट भविष्यमा मेसिन स्टप गराउनसक्छ) जस्ता कुरा हेर्न सकिन्छ ।

मेसिनले कसरी काम गरिरहको छ भन्ने कुरा ट्र्याक गरेर हेर्न सकिन्छ । यसबाट मेसिनमा केही समस्या आउनेसक्नेबारे तुरुन्तै ग्राहकलाई जानकारी गराउन सकिन्छ । अहिले बजारमा आएका अत्याधुनिक उपकरणहरुले मानवीय त्रुटीलाई कम गराउदै लगेका छन् । साथै रिजल्टको विश्वसनीयता बढाउन मद्धत गरेको छ र केही हदसम्म बिरामीहरुलाई समयमै रिपोर्ट उपलब्ध गराउन केही हदसम्म मद्धत पुगेको छ ।

(प्रनिश प्रधान ल्याबलाइन ट्रेडर्स प्रा.लि.मा कार्यरत हुनुहुन्छ । उहाँले विगत ६ वर्षदेखि उपकरणको मर्मतसम्भारदेखि प्रयोगकर्ताहरुलाई दिने तालिम, उपकरण जडानपछिको सेवा उपलब्ध गराउँदै आउनुभएको छ ।)

प्रतिक्रिया दिनुहोस्